×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बाग्मती

भक्तपुरमा तीन तले घरबाट खसेर एकको मृत्यु

भक्तपुरमा तीन तले घरबाट खसेर एकको मृत्यु

भक्तपुर - भक्तपुरमा तीन तले घरबाट खस्दा एक किशोरको मृत्यु भएको छ।  आइतबार मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली आँखा अस्पतालस्थित बस्ने १६ वर्षीय सौरभ महतो पञ्जियाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 
धनुषा जनकपुर उपमहानगरपालिका-६ घर भई लोकन्थलीमा बस्दै आएका अनुपमका छोरा सौरभ आइतबार बिहान करिब ३ बजे घरको तीन तलाबाट खसेका थिए। उनलाई उपचारको लागि समिट अस्पताल लोकन्थली लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। 
घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।
 

प्रतिकृया दिनुहोस्