काठमाडौं - नेपाली कांग्रेसकानेता तथा गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारीलाई सोमबार बिहानदेखि भेन्टिलेटरबाट निकालिएको छ। बिहान साढे १० बजे भण्डारीलाई भेन्टिलेटरबाट निकालिएको र अहिलेसम्म राख्न नपरेको भण्डारीसँग अस्पतालमा रहेका माधव न्यौपानेले बताए।
गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास चुहिएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए। सांसद भण्डारीकी आमाको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो।
सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको थियो।
उनको उपचारमा संलग्न रहेका चिकित्सकहरूले दिएको जानकारीअनुसार सांसद भण्डारीको अवस्था क्रमिक रूपमा सुधार हुँदै गइरहेको छ।
न्यौपानेका अनुसार भण्डारीलाई ज्वरो आएको छैन भने छाती सामान्य बन्दै गएको र सुन्निन पनि कम भएको छ।