×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री दाहालद्वारा भारतीय प्रधानमन्त्री मोदीको आमाको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री दाहालद्वारा भारतीय प्रधानमन्त्री मोदीको आमाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

साथै प्रधानमन्त्री दाहालले दिवङ्गत हिराबाको आत्माको चिर शान्तिको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीका आमा हिराबाको आज १०० वर्षको उमेरमा निधन भएको हो ।

प्रतिकृया दिनुहोस्