×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसद चल्न नदिने केपी ओलीको चेतावनी

संसद चल्न नदिने केपी ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालले निकालेको सांसदहरू रहेसम्म संसद चल्न नदिने बताएका छन् ।  शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहररूले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने बताए । सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद बैठक चल्न नसक्ने चेतावनी दिएका हुन् ।

ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने पनि बताएका छन् । अदालतमा देखिएको अवस्था पाँच दलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको भन्दै उहाँले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको आरोप लगाएका छन् ।   सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै उहाँले ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए । वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भन्दै उनले जनताले मुल्यांकन गरेर फैसला गर्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस्