×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्दै लोसपा

सरकारलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्दै लोसपा

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्नेछ ।

बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिने/नदिनेबारे छलफल गरिनेछ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ । पुरानो गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि लोसपाले सरकारलाई समर्थन गरेको छैन । लोसपा यसअघिको पाँचदलीय गठबन्धनमा आबद्ध थियो ।

प्रतिनिधिसभामा लोसपाबाट चार सांसद छन् । संसद्को नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने तयारी छ ।

प्रतिकृया दिनुहोस्