काठमाडौं- लामो समयसम्म लालपुर्जाविहीन बनेका सुर्खेतका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूले लालपुर्जा प्राप्त गर्न थालेका छन् । अहिलेसम्म ५ स्थानीय तहका ७ सय ५५ जनाले लालपुर्जा प्राप्त गरेका हुन् । गतवर्ष चैतबाट लगत संकलन गर्दै लालपुर्जा वितरण गर्न थालिएको थियो ।
सुर्खेतको गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाका लालपुर्जाविहीन नागरिकले ३८ वर्षपछि लालपुर्जा पाएका छन् । २०२२ सालमा मैनतडाका अगुवा चन्द्रबहादुर शाहीले बसालेको बस्तीमा अहिले धमाधम लालपुर्जा पाउन सुरु भएको छ । तीन चार दशकपछि लालपुर्जा पाउने भएपछि यहाँका स्थानीय खुसी छन् । बस्ती धेरै पहिला बसेको भए पनि उक्त क्षेत्रको नापीनक्सा भने २०४० सालबाट भएको थियो ।
भेरीगंगा नगरपालिका ८ मैनतडाका ७० वर्षीया हर्कबहादुर रोकाय लालपुर्जा पाउन जन्मेदेखि मृत्युनै कुर्न परेको बताउँछन् । करिब ५६ वर्षअघिबाट मैनतडा बस्दै आएका उनी यहीँ कागजले घरपरिवारका सपना पूरा गर्नेमा विश्वस्त हरेको बताउँछन् । ‘म मरे पनि यो लालपुर्जाले मेरो पछिको पुस्तासमेत खुसी राख्ने छ,’ उनी भन्छिन्, ‘यो लालपुर्जा पाउन ६ दशक कुर्नुपर्यो ।