×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मलाई जेल राख भन्दै लाइनमा

मलाई जेल राख भन्दै लाइनमा

काठमाडौं- शुक्रबार भारतको नयाँदिल्लीको तिहाड जेल बाहिर एउटा अनौंठो दृश्य देखियो । जेल जानका लागि आत्मसमर्पण गर्न आएका कैदीहरूको लामो लाइन मात्रै देखिएन कि जेल भित्र जानका लागि एक आपसमा तछाड मछाड गरेको दृश्य पनि ढोका देखियो । मानौं कारागारमा सबैभन्दा पहिले को प्रवेश  गर्ने भन्नेमा कैदीबन्दीहरुको बीचमा प्रतिस्पर्धा चलिरहेको छ ।

वास्तवमा कोरोना महामारीका बेला सर्वोच्च अदालतको आदेशमा ४ हजार ६८३ कैदी रिहा भएका थिए । जसमा ११ सय ८४ कैदीले सजाय पाएका थिए भने अन्य विचाराधीन कैदी थिए । कोरोना महामारीमा बाहिर आउन पाएकामध्ये अधिकांश कैदी अहिलेसम्म कारागारमा फर्केर गएका थिएनन् ।

तर, गत फागुन २४ गते भारतीय सर्वोच्च अदालतले जेलबाट बाहिर आएका सबै कैदीलाई समयसीमा नै तोकेर एक महिनाभित्र जेलमा आत्मसमर्पण गर्नुपर्ने आदेश दियो ।

अदालतको आदेश अनुसार यसरी आत्मसमर्पण गर्ने अन्तिम दिन चैत २५ गते रहेको थियो । त्यसैले आत्मसमर्पण गर्ने अन्तिम मिति अर्थात चैत २५ गते तिहाड जेलको बाहिर कैदीहरुको लस्कर लागेको हो । उनीहरुबीच को पहिला जाने भन्नेमा सामान्यसम्म झगडासमेत भएको इन्डिया टिभीले जनाएको छ ।

अहिलेसम्म १ हजार ७६८ कैदीले आत्मसमर्पण गरिसकेका छन् । यद्यपि अझै धेरै कैदी आत्मसमर्पण गर्न नपुगेको भारतीय मिडियाहरूले जनाएका छन्  ।

प्रतिकृया दिनुहोस्