×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनगढीमा हमालको कमाल गठबन्धनलाई पराजित गर्दै विजयी,उपमेयरमा एमाले

धनगढीमा हमालको कमाल गठबन्धनलाई पराजित गर्दै विजयी,उपमेयरमा एमाले

धनगढी - धनगढी उपमहानगरपालिका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो कमाल देखाएका छन्।  सुदुरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा गठबन्धनका उम्मेदवार नृप बहादुर वडलाई पराजित गरेका हुन् ।
आज बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएकी हुन्।

कांग्रेस निकै बलियो मानिएको धनगढीमा गठबन्धन गर्दा पनि नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार भारी मत अन्तरले पराजित भए।

यसैगरी, उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उपप्रमुखकी उम्मेदवार शान्ति अधिकारी क्षेत्री एमालेकी उम्मेदवार कन्दकला रानासँग पराजित भएकी छन्। 
मत संख्या भने केही बेरमा सार्वजनिक गर्ने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्