×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिनेमा हलमा विश्वकप प्रदर्शन नगर्न बोर्डकाे निर्देशन, अटेर गर्नेलाई कारबाही

सिनेमा हलमा विश्वकप प्रदर्शन नगर्न बोर्डकाे निर्देशन, अटेर गर्नेलाई कारबाही

काठमाडौं- चलचित्र विकास बोर्डले सिनेमा हलमा विश्वकपका खेल प्रदर्शन नगर्न निर्देशन दिएको छ । बोर्डले सबै हलहरुलाई पत्राचार गर्दै नियमानुसार चलचित्र मात्र प्रदर्शन गर्न भनेको हो । सञ्चारमाध्यमहरूमा कतिपय फिल्म हलमा विश्वकप प्रदर्शन गर्न लागिएको सार्वजनिक भएपछि बोर्डले एक्सन लिएको हो ।

बोर्डका अध्यक्ष भुवन केसीले गरेको पत्राचारमा विभिन्न चलचित्रघरले नियमित चलचित्र प्रदर्शनको शो समयमा विश्वकप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको तथा कतिपय चलचित्र घरहरूले आफ्नो वेबसाइट मार्फत शो समय समेत खुलाएको देखिएकोले ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । निर्देशन नमान्नेलाई कारबाही गर्ने चेतावनी पनि बोर्डले दिएको छ ।

प्रतिकृया दिनुहोस्