×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चोलेन्द्र शमशेरको चौथौं दिनको बयान सुरु भयो

चोलेन्द्र शमशेरको चौथौं दिनको बयान सुरु भयो

काठमाडौं- प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान लिन सुरु भएको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक सुरु भएको हो। बैठक सुरु भएसँगै जबराको बयान पनि सुरु गरिएको छ।

जबराको आइतबार चौथो दिनको बयान हो। यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो। उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन्।

जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो। गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन्।

प्रतिकृया दिनुहोस्