×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनकपुरमा किन गरियाे निषेधाज्ञा जारी ?

जनकपुरमा किन गरियाे निषेधाज्ञा जारी ?

काठमाडौँ- जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच विवाद बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० सम्मका लागि निषेधाज्ञा जारी भएको हो ।

जनकपुर उपमहानगरपालिका २० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो । शनिबार स्थानीय हिन्दु समुदायले मोटर साइकल र्‍याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ ।

स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले  बताए ।

 

प्रतिकृया दिनुहोस्