×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काँग्रेस निर्वाचन समिति संयोजकको राजनीनामा फिर्ता

काँग्रेस निर्वाचन समिति संयोजकको राजनीनामा फिर्ता

काठमाडौं - नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले दिएको राजीनामा फिर्ता भएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सभापति शेरबहादुर देउवाले उहाँको राजीनामा अस्वीकृत गरेकाले राजीनामा फिर्ता भएको जानकारी दिनुभयो ।

‘नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले भदौ २३ मा पार्टीका सभापति शेरबहादुर देउवासमक्ष दिनुभएको राजीनामा सभापतिले अस्वीकृत गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘कोभिड—१९’ संक्रमणको कठिन परिस्थितिका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पार्टीको १४औं महाधिवेशनका लागि धेरै स्थानको अधिवेशन सम्पन्न गर्न यादवले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै सभापति देउवाले अधिवेशनका बाँकी कामहरू पनि सम्पन्न गर्न अनुरोध गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्