डडेल्धुरा-आइतबार बेलुका परेको असिनापानीले तरकारी र हिउँदे बाली नोक्सान भएको छ।कृषिज्ञान डडेल्धुराका कृषि अधिकृत तारीसिंह ठकुराठीका अनुसार असिनापानीले जिल्लामा लगाइएको तरकारी र हिउँदे बालीकोे ९० प्रतिशत नोक्सान भएको हो।लामो खडेरीको चपेटामा परेका डडेल्धुराका कृषक आफ्नै खेतीबाली देखेर हैरान छन्। खेतबारीमा लगाइएको हिउँदे खोती गहुँ, जौ र तरकारीमा काउली। बन्दा, काँक्रा र अन्य सागपातसमेत असिना पानीले नस्ट गरिदिँदा किसान निराश बनेका छन्। हावाहुरीका कारण प्लास्टिकको टनेल घर पनि नस्ट गरेको छ।
अमरगढी–९ का किसान कमल सिंह झुकालले एककरोड बढि लगानीमा पशुपालन तथा कृषि खेती गर्न करिब सात रोपनीमा काउलीको बेर्ना रोपेका थिए। अन्यमा पनि अरू तरकारी आलु, सिमी, काक्रा, र सागपात लगाएका थिए। तर, रोेपेको बिरुवा हुर्कन नपाउँदै असिनाले नष्ट बनाएको किसान झुकालले नस्ट भएको बाली देखाउँदै दुखेसो पोखे। उनले करिब सात रोपनी लगाएको तरकारी पूर्णरूपमा नस्ट भएको प्रहरी मुचुल्कामा उल्लेख गरिएको छ। झुकाललले ६ रोपनीमा लगाएको ८ हजार बोट काउली मात्रै नस्ट भएको छ भने, लम्बाइ १८ चौडाइ ५ मिटर भएका २ पोली हाउस र अन्य तरकारीमा क्षति पुगेको मुजुल्काका लागि पुगेका प्रहरी सहायक निरीक्षक दीपेन्द्रबहादुर साउदले जानकारी दिए।
झुकालको मात्रै नभई अमरगढी–६, ८, ९, १० र गन्यापधुरा गाउँपालिका, नवदुर्गा, अजयमेरु गाउँपालिकाका किसानले लगाएको हिउँदेबाली र बेमौसमी तरकारीमा पूर्णरूपमा क्षति पुगेको छ। जिल्लाका अन्य क्षेत्रमा हिँउदेबालीका रूपमा रहेको गहँुबाली, दलहन र तरकारीमा क्षति पुगेको कृषि ज्ञानकेन्द्रले जनायो। किसानको क्षतिको विवरण प्रहरीको सहायतामा संकलन गर्ने कार्य भइरहेको अधिकृत ठकुराठीले जानकारी दिऐे। किसान क्षतिपूर्तिका लागि विवरण हेरी स्थानीय तह र प्रदेश सरकारलाई माग गर्ने उनले बताए।
गहुँ छर्ने बेला आकासकोे भरमा छरिएको र अहिले लामो समयपश्चात् परेको असिनापानीले पाक्न लागेको बिरुवा पनि नस्ट गर्दा के खाने भन्ने पिरोलो परेको अजयमेरुका किसान कलावती भण्डारीले बताइन्। लगाएको तरकारी काउलु, टमाटर, सिमी, काक्रा पनि असिनाले सखाप पार्दा झनै समस्या हुने दुखेसो किसानको छ। जंगली जनावर बनेल, बाँदर र दुम्सीले पनि किसानलाई सताउँछ। लगाएको बाली र तरकारी प्राकृति प्रकोपका कारा नस्ट भयो। अब बालबच्चा के गरी पाल्ने अमरगढी–९ का किसानको यादव ओझाले दुखेसो पोखे।लामो समयदेखि वर्षा नभएकाले डडेल्धुरामा गत वर्षको तुलनामा यो वर्ष ६० प्रतिशतले गहुँ उत्पादमा कमी आउने कृषिान केन्द्रले अनुमान गरेको थियो। त्यसैमा पाक्न लागेको गहँु असिनापानीले ९० प्रतिशत क्षति पुग्दा उत्पादन शून्य हुने जनाइएको छ।
गहुँबाली लगाउने समयदेखि वर्षा नभएकाले जिल्लाको अधिकांश पाखो जमिन बाझो थियो। अहिले त्यसैमा केही किसानले मिहिनेत गरी तरकारी खेती गर्दै आएका थिए त्यो पनि असिनाले नस्ट गरिदिएको अमरगी–९ का किसान बताउँछन्। मौसमले पनि किसान र खेतीपाती तथा तरकारीबाली लगाउने किसानलाई नै सताएको छ।