×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१०७ बढी मत भेटिएपछि रंगेली तनावग्रस्त

१०७ बढी मत भेटिएपछि रंगेली तनावग्रस्त

काठमाडौं- मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेपछि मोरङको रङ्गेलीमा प्रहरी र राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएको छ।

प्रहरी र राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि रंगेली तनावग्रस्त बनेको हो। मतगणनामा धाँधली गर्न खोजिएको भन्दै राजनीतिक दलका कार्यक्रमहरुले विवाद सृजना गरेपनि प्रहरी र कार्यकर्ताबीच झडप भएको हो।

मतगणना स्थलको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई कार्यकर्ताहरूले ढुङ्गामुडा गरेपछि झडपको अवस्था सिर्जना भएको छ। मतगणना स्थलको सुरक्षा र अवस्था नियन्त्रणका निम्ति बल प्रयोग गर्ने क्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ।

रङ्गेली नगरपालिका-७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि नेकपा एमाले बाहेकका राजनीतिक दलका कार्यकर्ताहरूले विरोध गर्दै आइरहेका थिए। यसै कारण रङ्गेलीको अन्य वडाको मतगणना समेत स्थगित भएको थियो।

कुल ३ हजार २४२ मत खसेको रङ्गेली-७ मा मतगणनाको क्रममा ३ हजार ३४९ मत फेला परेपछि विवाद सुरु भएको थियो। कम्प्युटरमा मत प्रविष्टिका क्रममा प्राविधिक गडबडी भए पछि समस्या बल्झिएको रङ्गेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले बताएका छन्। उनले प्राविधिक त्रुटीका कारण कम्प्युटरमा बढी मत प्रविष्टि भएको स्वीकार गरे।

प्रतिकृया दिनुहोस्