×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

युवाहरूकाे पहलमा बन्याे रामपुरकाे हाम्दीघाटमा मलामी विश्रामस्थल

युवाहरूकाे पहलमा बन्याे रामपुरकाे हाम्दीघाटमा मलामी विश्रामस्थल

काठमाडाैँ- पाल्पाको रामपुर नगरपालिका १० हेक्लाङ फाँटका करिब ३०० घरपरिवारका कोहि कसैको मृत्यु भएमा लाश जलाउन लैजाने ठाउँ हो पवित्र नदि कालिगण्डकीको तटमा रहेको हाम्दीघाट । गाउँमा कसैको मृत्यु भएमा मलामी जाने मलामीहरु घन्टौँ सम्म कुरेर बस्दा कुनै व्यबस्थित बिश्राम स्थल नहुदाँ समस्यामा परेका स्थानियहरुका लागि हाम्दीघाटमा मलामी विश्राम स्थल बनेपछि भने स्थानिय खुशी देखिन्छन् ।

मलामी बिश्राम स्थल सहित चिता स्थलपनि बनाउने  योजना सहित धेरै पहिलेदेखि गाउँलेहरुमा छलफल भएपनि काम अगाडी बढ्न सकेको थिएन तर केहि महिना अगाडी स्थानिय कृष्ण गैरै र नारायण प्रसाद गैरैको ममतामयी आमा ९५ बर्षिय धर्माकुमारी गैरेको अत्येन्टी गर्ने क्रममा निकै ठुलो पानी परेर समस्या परेपछि भने जसरी पनि बिश्राम स्थल बनाउनुपर्छ भन्ने सोँच स्थानिय युवाहरुमा पलायो । स्थानिय युवा बिश्वबन्धु भण्डारीले जसरी पनि बनाउनु पर्छ भन्ने कुरा उठाएपछि सबैले साथ दिए र काम अगाडी बढ्यो । 

स्थानिय समाजसेवी सिताराम पन्तको परिवारले बिश्राम स्थल बनाउन जग्गा दान दिएपछि त काम अगाडी बढाउन निकै सहज बन्याे । हेक्लाङ फाँटमा जन्मेर हाल परदेश र शहरतिर बसेका युवाहरु सहित स्थानियहरुको आर्थिक सहयोगमा मलामी बिश्राम स्थल बनेको छ । स्थानिय शिक्षक तथा समाजसेवी लक्ष्मण पन्तको नेतृत्वमा बिश्वबन्धु भण्डारी,मनोज पन्त,मोहन भण्डारी, मिलन पन्त लगायत युवाहरुको सक्रियतामा काम सम्पन्न भएको स्थानिय पत्रकार उपेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

मलामी बिश्राम स्थल निर्माणका लागि हाल कतारमा रहनुहुने आनन्द पाण्डेवाट पचास हजार,हाम्रो टिम नेपालवाट तिस हजार,बेलायतमा रहनुहुने नरेश भण्डारीवाट पच्चिस हजार पाँच सय, हाल कोरियामा रहनुहुने बिजय पौडेलवाट एघार हजार एक सय एघार, हाल बुटवलमा रहि व्यवसाय गर्दै आउनुभएका गाेविन्द भण्डारी(बुढाघरे)वाट रू एघार हजार एक सय एघार, जापानमा रहनुुहुने पुष्पा अर्याल न्यौपाने वाट दश हजार,काठमाडौमा रहनुहुने देबराज भण्डारीवाट पाँच हजार पाँच, बिश्वबन्धु भण्डारी,राजेन्द्र ओस्ती,पवन भण्डारी,मुकुन्द भण्डारी,किरण पन्त र कर्णबहादुर आले,तुल्सी प्रसाद भण्डारीवाट पाँच / पाँच हजार सहित स्थानियहरुवाट आर्थिक सहयोग प्राप्त भएको लक्ष्मण पन्तले जानकारी दिएका छन् ।       

मौसम अनुकूल हुदाँ त जसोतसो ठिकै हुन्छ मौसम प्रतिकुल हुँदा मलामीलाई समस्या हुने गरेको स्थानीयको भनाई छ । विश्रामस्थल निर्माण भएसँगै करिब तीन सयभन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । स्थानिय माेहन भण्डारीले विश्रामस्थलको नजिकै बर पिपल रोपेका छन् । वर–पीपल भएकै स्थानमा मलामी विश्राम–स्थलका लागि पन्तले जग्गादान दिएपछि स्थानीय हर्षित भएका छन् । उनीहरुले उक्त स्थानमा बाटोको समस्या रहेको भन्दै मेयर रमण बहादुर थापा सहित वडाध्यक्षको ध्यानाकर्षण समेत गराएका छन् ।

घाटको नजिकै रहेको लक्ष्मीनारायण मन्दिरको पुन संरचनाका लागि पनि स्थानिय युवाहरुले चासो देखाएको मनोज पन्तले जानकारी दिएका छन् ।  मलामी विश्राम स्थल निर्माण लगत्तै स्थानीयबासी त्यहाँ चित्तास्थल निर्माण, खानेपानीको व्यबस्था गर्नतर्फ पनि अग्रसर भएको बताइएको छ ।

 
 

प्रतिकृया दिनुहोस्