×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाली सिमेन्ट र प्लाइ भारतमा निर्यात गर्ने बाटो खुल्यो

नेपाली सिमेन्ट र प्लाइ भारतमा निर्यात गर्ने बाटो खुल्यो

काठमाडौं - भारतले नेपाली सिमेन्ट र प्लाइउडको ब्यूरो अफ इन्डियन सर्टिफिकेट ‘बीआईएस’ प्रमाणपत्र नवीकरण गरेको छ ।

भारतले ‘बीआईएस’प्रमाणपत्र नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फको सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो । प्रमाणपत्र नवीकरणसँगै सिमेन्ट र प्लाइउडसँगै जस्तापाताको निर्यात गर्ने बाटो खुलेको छ ।

अहिले एक महिना म्याद बाँकी रहेका दुई–तीन वटा सिमेन्ट उद्योगले भारतमा निर्यात गरिरहेका छन् भने नवीकरण नभएका आधा दर्जन सिमेन्ट उद्योगहरू एक महिनाभित्र बीआईएस पाउने सूचीमा रहेको उद्योगीहरूको भनाइ छ ।

भारत सरकारले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, फुटवेयरलगायतका सामग्री निर्यातमा ‘बीआइएस’ प्रमाणपत्र अनिवार्य गरेको छ ।

यसैबीच सरकारले नेपालमा उत्पादित सिमेन्ट र फलामे डण्डीको कारखाना गेट मूल्य (फ्याक्ट्री गेट प्राइस) अनिवार्य रुपमा उल्लेख गर्न उद्योगीलाई निर्देशन दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्टको प्याकेट तथा फलामे डण्डीको बण्डलमा उत्पादकले कारखाना गेट मूल्य अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने निर्देशन दिएको छ ।

यस्तै सिमेन्ट तथा डण्डी बिक्री गर्ने डिलर तथा बिक्रेताले पनि अनिवार्य रुपमा ब्राण्डसहित अधिकतम खुद्रा बिक्री मूल्य सूची उपभोक्ताले बुझ्ने भाषामा उल्लेख गरेर मात्रै बिक्री वितरण गर्नुपर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्