×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टिमको कप्तान परिवर्तन गर्ने अधिकार क्यानसँग मात्र छ : दसानायके

टिमको कप्तान परिवर्तन गर्ने अधिकार क्यानसँग मात्र छ : दसानायके

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले टिमको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान) सँग रहेको स्पष्ट पारेका छन् ।

मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुबुदुले कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताएका हुन् ।

आफूले क्यान र खेलाडी दुवै पक्षसँग छलफल गरेको दसानायकेले बताए । क्यानले गतमहिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । उनले आफ्नो ध्यान विश्वकप छनोटमा रहेको र छनोटका लागि ३० खेलाडीलाई क्याम्पमा बोलाउने समेत बताए । दुई चरणमा क्याम्प आयोजना गर्ने उनको भनाइ छ । प्रशिक्षक पुबुदुले छनोटअघि केहि सिरिजका लागि छलफल भएको समेत बताए ।

मुख्य प्रशिक्षक दसानायकेले आफू दोस्रो पटक नेपाल आउन पाउँदा खुसी लागेको समेत बताए ।

नेपाली युवा खेलाडीमा प्रतिभा रहेको भन्दै मुख्य प्रशिक्षक दसानायकेले अरु एसोसिएट देशमा यस्तो नदेखिएको टिप्पणी गए ।

 

प्रतिकृया दिनुहोस्