काठमाडौं -अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ ।
युएईको मलेक क्रिकेट ग्रउन्डमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०।५ ओभरमा १०० रनमा अलआउट भएको हो ।
कुवेतलाई १०० रनमा अल आउट गर्ने क्रममा आकाश चन्दको ६ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४३ रन खर्चिएका हुन् ।
६ विकेट लिने आकाश युएई जाने अघिल्लो दिन मात्र टिममा समावेश भएका थिए ।