×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मूल्यवृद्धिविरूद्ध एमालेले आन्दोलन गर्ने

मूल्यवृद्धिविरूद्ध एमालेले आन्दोलन गर्ने

काठमाडौं- पेट्रोलियम पदार्थलगायतमा भएको मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आन्दोलन गर्ने भएको छ । जनसंगठन समन्वय संयन्त्रको बिहीबारको बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको हो । एमालेले भ्रातृ संघसंस्थालाई मूल्यवृद्धिविरूद्ध सडकमा उतार्न लागेको छ ।

संयन्त्रको उपसंयोजक रचना खड्काका अनुसार पेट्रोलियम पदार्थलगायतमा मूल्यवृद्धि भएकोमा विरोध गर्न लागिएको छ ।

यस्तै किसानले खेती गर्ने बेला रासायनिक मल नभएको र पढ्ने बेला विद्यार्थीले पुस्तक नपाएको पनि उनले बताइन् । सडक संघर्षमा अनेरास्ववियुलगायत २२ जनसंगठनलाई सडकमा उतार्ने एमालेको तयारी छ ।

 

प्रतिकृया दिनुहोस्