×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

राजेश पायल राईर रुक्सना लिम्बुको ‘चोरी भो’ सार्वजनिक

राजेश पायल राईर रुक्सना लिम्बुको ‘चोरी भो’ सार्वजनिक

काठमाण्डाैं- धरान र पेमा देचेन तामांगपछि आफ्नो बाचा अनुरुप भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी अर्की गायिका रुक्सना लिम्बुसँग गायक राजेश पायल राईले ‘चोरी भो’ बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन्।

गायक राजेश पायल राईलको आफ्नै संगीत तथा प्रख्यात कबि तथा गीतकार राजन मुकारुङ्गको शब्द रहेको ‘चोरी भो’ गीतलाई यस अघि यहि टिमले द भ्वाइसकी मेलिना मैनाली सँग रेकर्ड गरि तयार गरिएको चर्चित गीत चोरी भो को दोस्रो भागको रुपमा तयार गरेको हो।

स्टुडियो किङ्गमा रेकर्ड गरिएको गीत राजु कार्कीको संगीत संयोजनमा तयार भएको हो। गत शुक्रबार राजेश पायल राईको अफिसियल युट्युब च्यानल बाट रिलिज गरिएको गीत कतार संगै नेपालमा पनि ट्रेन्डीङ्गमा उक्लिरहेको छ। आफुले गीत ट्रेन्डीङ्ग र भ्युजको लागि नभई राम्रा प्रतिभाहरु र राम्रा गीत (संगीत ल्याउने सानो प्रयासमात्र गरिरहेको बताउँदै गायक तथा संगीतकार राई श्रोता-दर्शकहरुले गीत-संगीत मन पराएपछि आफै भ्युज र ट्रेन्डीङ्गको भींडमा पस्ने बताए।

राजेश पायल राई म्युजिक एकेडेमीको निर्माणमा यस्तै अन्य प्रतिभाहरु ल्याउने दृढता राईले व्यक्त गरे। गायक राईको रुक्सना लिम्बु संगै अरु गीतहरु पनि आउने र भ्वाइस अफ किड्स को फाइनल राउण्डमा पुगेकी अर्की गायिका मिन्छामा राई सँग पनि नयाँ गीत आउने तयारी रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्