×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सत्ताधारी गठबन्धन दलमा भयो सहमती, कहाँ कस्को उम्मेदवार ?

सत्ताधारी गठबन्धन दलमा भयो सहमती, कहाँ कस्को उम्मेदवार ?

काठमाडौं- सत्ताधारी गठबन्धन दलबीच स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै सहमती अघि बढेको छ । मुलकका महानगर र उपमहानगरपालिकाहरुमा तालमेल गरी मेयर र उपमेयरमा साझा उम्मेदवार बनाउने सहमति भएको हो । सहमति अनुसार ६ महानगरपालिकामध्ये नेपाली काँग्रेसले ३, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले १,१ मेयरमा गठबन्धनबाट साझा उम्मेदवार उठाउने छन् ।

११ उपमहानगरपालिकामध्ये नेपाली काँग्रेसले ७, माओवादीले २, नेकपा एस र जसपाले १, १ मा मेयर पाएका छन् । काँग्रेसले महानगरपालिकाहरुमध्येबाट ३ र उपमहानगरपालिकाहरुमा ४ उपमेयर पाएको छ । माओवादीले महानगरपालिकाहरुमध्येबाट २ र उपमहानगरपालिकाहरुबाट पनि २ मा उपमेयर पाएको छ ।

नेकपा एसले महानगरपालिकाहरुमध्येबाट २ र उपमहानगरपालिकाहरुमध्येबाट ३ मा उपमेयर पाएको छ । जसपाले महानगरपालिकाहरुमध्ये कुनैमा पनि उपमेयर पाएको छैन । उसले उपमहानगरपालिकाहरुमा २ मा उपमेयर पाएको छ ।

काठमाडौं, ललितपुर र विराटनगरमा नेपाली काँग्रेसबाट मेयर, भरतपुरमा माओवादी, पोखरामा नेकपा एकीकृत समाजवादी पार्टी र वीरगञ्जमा जनता समाजवादी पार्टीले मेयरको साझा उम्मेदवार बनाउने छन् । उपमेयरमा काठमाडौंमा नेकपा एस, ललितपुरमा माओवादी, विराटनगरमा जसपा र वीरगञ्ज, भरतपुर र पोखरामा काँग्रेसका साझा उम्मेदवार हुनेछन् ।

उपमहानगरपालिकाहरुमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा काँग्रेस, जितपुर सिमरा र घोराहीबाट माओवादी, हेटौंडामा नेकपा एसले मेयरको साझा उम्मेदवार उठाउने सहमति बनेको छ । जनकपुरमा जसपा र नेपालगञ्जमा काँग्रेसले मेयर उठाउने सहमति बनिसकेको छ ।

जितपुर सिमरा, हेटौंडा, जनकपुर र घोराहीमा काँग्रेसबाट उपमेयर, धरान र धनगढीमा नेकपा माओवादी केन्द्रका उपमेयर, इटहरी, बुटबल र तुलसीपुरबाट नेकपा एसका उपमेयर र कलैया र नेपालगञ्जमा जसपाका उपमेयरका साझा उम्मेदवार हुनेछन् ।

नेपाली काँग्रेस मेयरको उम्मेदवार

महानगरपालिका : काठमाडौं, ललितपुर र विराटनगर
उपमहानगरपालिका : धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी
उपमेयरको उम्मेदवार
महानगरपालिका : वीरगञ्ज, भरतपुर र पोखरा
उपमहानगरपालिका : जितपुर सिमरा, हेटौंडा, घोराही र जनकपुर

माओवादी मेयरको उम्मेदवार

महानगरपालिका : भरतपुर
उपमहानगरपालिका : जितपुर सिमरा र घोराही
उपमेयरको उम्मेदवार

महानगरपालिका : ललितपुर
उपमहानगरपालिका : धरान र धनगढी

नेकपा एस मेयरका उम्मेदवार

महानगरपालिका : पोखरा
उपमहानगरपालिका : हेटौंडा

उपमेयरको उम्मेदवार
महानगरपालिका : काठमाडौं,
उपमहानगरपालिका : इटहरी, बुटबल र तुलसीपुर

जसपा मेयरका उम्मेदवार

महानगरपालिका : वीरगञ्ज
उपमहानगरपालिका : जनकपुर

उपमेयरको उम्मेदवार

महानगरपालिका : विराटनगर
उपमहानगरपालिका : नेपालगञ्ज

प्रतिकृया दिनुहोस्