बुटवल- ॐ कार परिवार एक हौ सनातन धर्मको रक्षा गरौ भन्ने नाराका साथ बुटवलमा र्याली निकालिएको छ । केहि हप्ता अगाडी धरानमा गौहत्या भएपछि एकाएक सनातन धर्म रक्षाका लागि देशभर बिश्वहिन्दु महासंघ र ॐ कार परिवार हातेमालो गर्दै एक साथ र्यालीहरु निकालेका छन् । गौ हत्याको बिरोधमा शान्तिपुर्ण र्यालि निकालेर मैदानमा उत्रीएका सनातन धर्म रक्षकहरुले ‘गौ हत्या बन्द गर’ ‘हिन्दुराष्ट कायम गर’ ‘सामाजिक सद्भाव कायम गर’ ‘जाग नेपाली जाग,हिन्दुराष्ट हाम्रो सान नेपालिको पहिचान’ ‘जय हिन्दुराष्ट, जय गौमाता’ लगायतको प्लेकार्ड लिएर र्यालीमा निक्लिएका थिए । जवसम्मन हामी हिन्दुहरुलाइ न्याय दिदैनौ हामी चुप लागेर बस्नेवाला छैनौ भन्दै स्याङ्जा गल्याङ् ९ आपचौर निवासि धार्मिक योद्धा श्री शालिकराम भण्डारी बताउनुभयो । बुटवल देखि भागवद एवम ज्योतिष आचार्य श्री त्रिभुवन न्यौपाने र कुरेस गुरु ले चेतावनी दिदै भन्नुभयो ः– जनताले दिएको मतलाई नेताले कुल्चिएको छ यदि नेताहरु नसुध्रिए देश हिंसा र द्धन्दमा जाने छ र बिदेषी दलाल हरुलाई तमसा हुनेछ ।