×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालगञ्जमा कारले ठक्कर दिदा ३ जना पैदल यात्रीको ज्यान गयो

नेपालगञ्जमा कारले ठक्कर दिदा ३ जना पैदल यात्रीको ज्यान गयो

नेपालगञ्ज - बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट तीन जना पैदलयात्रुको मृत्यु भएको छ ।

नेपालगञ्जको बीपीचोक नजिकै प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले  ठक्कर दिँदा हिँडिरहेका ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटना गएराति पौने १२ बजेतिर भएको हो । कारले ठक्कर दिएलगत्तै घाइते भएका उनीहरूलाई त्यही कारमा राखेर चालकले नै नजिकैको नर्सिङहोम पुर्‍याएका थिए ।

अस्पताल पुर्‍याएलगत्तै तीनै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । कार र चालकलाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्