×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शिक्षक सेवा आयोगद्वारा बढुवाका लागि दरखास्त आह्वान

शिक्षक सेवा आयोगद्वारा बढुवाका लागि दरखास्त आह्वान

काठमाडौं - सातै प्रदेशका बिभिन्न जिल्लाहरूका सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा हुने भएको छ । शिक्षा सेवा आयोगले बुधबार विज्ञापन प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । 
आयोगका अनुसार आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा (७५ प्रतिशत) द्वारा पूर्ति गर्नुपर्ने भएकाले २०७७ चैत्र मसान्तसम्म पाँच शैक्षिक सत्रको नोकरी अवधि पुरा गरेका सम्भाव्य उम्मेदवारहरूले आन्तरिक प्रतियोगितात्मक परीक्षाको हकमा https://online.tsc.gov.np/ बाट र कार्यसम्पादन मूल्याङ्कनको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा दरखास्त पेस गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्