×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

भारतमा बाढीका कारण १५ जनाको मृत्यु, १०० बेपत्ता

भारतमा बाढीका कारण १५ जनाको मृत्यु, १०० बेपत्ता

भारत- भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

बाढीले विशेष गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयमसेवकको टोली खटिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन फौजको मात्रै सात ओटा टोली खटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

खोजी तथा उद्धारकार्य जारी रहेपनि १०० जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरुमध्ये अधिकांशलाई जिवितै भेटिने सम्भावना कम रहेको उद्धारकर्ताको भनाइ छ । उनीहरुका अनुसार बाढीका कारण मृत्यु भएकाको सङ्ख्या बढ्न सक्ने देखिएको छ । रासस

 

 

प्रतिकृया दिनुहोस्