काठमाडौं - युवा अभियान्ता बब्लु गुप्ताको नेतृत्वमा रहेको सामाजिक संस्था हन्ड्रेड्स ग्रुपको पर्सा जिल्ला समिती गठन भएको छ । शनिबार बिशेष शाहको संयोजकत्वमा १३ सदस्यीय समिती गठन भएको हो ।
समितिको सहसंयोजकमा विक्की सराफ, कोषाध्यक्षमा मधुरंजन शाह, सचिवमा राहुल पटेल , शहसचिवमा सुनिल पटेल , स्वयमसेवक प्रमुखमा सोनु पटेल, त्यस्तै स्वयंमसेवक प्रमुख अजय प्रकाश गिरि र सदस्य संयोजक अन्केश पाण्डेय ,
कानुननि सल्लाहाकार अनिल शाह , संचार प्रमुख आयुश बर्नाल , संचालन प्रमुख, अनिल गिरि , व्यवस्थापन प्रमुख विकाश गुप्ता , व्यवस्थापन प्रमुख आकाश भगत रहेको केन्द्रीय अध्यक्ष बब्लु गुप्ताले जानकारी दिएका छन् ।
ग्रुपलाई आगामी एक वर्ष भित्रमा देशभरी बिस्तार गर्ने तयारी भइरहेको अध्यक्ष गुप्ताले बताए ।