काठमाडौं- नेकपा माओवादी केन्द्रले पोलिटब्यूरो सदस्यको संख्या १२५ बाट थपेर १५६ पुर्याइएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सकेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुमा प्रस्ताव गरेका १२५ मा नेताहरुले असन्तुष्टि जनाएपछि थप गरेर पोलिट्ब्यूरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन् ।
जसमा १२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्य रहने माओवादी केन्द्र निकट स्रोतले बताएको छ । १२५ जनाको नाम प्रचण्डले वाचन गरेपछि के मापदण्डका आधारमा नाम प्रस्ताव गरिएको भनेर नेताहरुले होहल्ला गरेपछि बैठक नै एक घण्टाका लागि स्थगित गरिएको थियो । त्यसपछि फेरि बसेको बैठकमा ३१ जना वैकल्पिकको विकल्प प्रचण्डले पेश गरेका हुन् । १२५ जना पूर्ण सदस्यभित्र प्रचण्ड परिवारबाट मात्र ४ जना परेका छन् ।