काठमाडौं- नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कार पछि हत्या गरिएको निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताएका छन्। पदभार ग्रहणमा उनले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशन दिए।
‘निर्मला पन्तलाई न्याय दिन पहल गर्नमा तदारुकता देखाउने विषयमा निर्णयका लागि फाइल तयार गर्नुहोला’ लामिछानेले भने, ‘त्यसमा अहिलेसम्म के भएको छ त्यो पनि जानकारी गराउनु होला ।’