कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि दाङमा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा थप गरिएको छ कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप दश दिन लम्ब्याउने निर्णय गरेको हो ।
सङ्क्रमण र मृत्यु दर घट्दै गएको र जनस्वास्थ्य सुरक्षा अझै पूर्णरुपले गर्नुपर्ने पलना गराउने बैठकले निष्कर्ष निकालेको छ । बैठकले हप्तामा दुई दिन बिहान एक घण्टा खुल्दै आएको खाद्यान्नका पसल अब दैनिक बिहान ६ देखि ८ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।
यसका लागि भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाउन पसल धनी र उपभोक्ताले बिषेश ध्यान दिन भनिएको छ ।