×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

भारतमा भेटिएकाे 'डेल्टा भेरियन्ट' काे संक्रमण बेलायतमा पनि बढ्याे

भारतमा भेटिएकाे 'डेल्टा भेरियन्ट' काे संक्रमण बेलायतमा पनि बढ्याे

बेलायत फेरि काेराेना भाइरस महामारीकाे चपेटामा परेकाे छ। बेलायती सरकारी स्वास्थ्य सेवा पिएचईका अनुसार भारतमा सबैभन्दा पहिले देखिएकाे डेल्टा भेरिन्टका संक्रमण बेलायतमा बढ्न थालेकाे हाे।

बेलायतमा पछिल्लाे एक सातामा याे भेरियन्टकाे संक्रमण ७९ प्रतिशतले बढेर १२ हजार ४सय ३१ मा संक्रमण भएकाे छ। वैज्ञानिकहरुका अनुासर बेलायतमा यसअघि धेरैजसाे संक्रमितमा अल्फा भेरियन्ट पाइएकाे थियाे। तर, पछिल्लाे समय डेल्टा भेरियन्टका संक्रमित अधिक हुन थालेका छन्। याे भेरियन्टका संक्रमित बढेसँगै अस्पतालमा चाप बढेकाे छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालै मात्र भेरियन्टकाे नाम परिभाषित गरेकाे थियाे।

 

प्रतिकृया दिनुहोस्