×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ग्यास्ट्रिकका बिरामीकाे नर्भिकले निःशुल्क उपचार गर्ने

ग्यास्ट्रिकका बिरामीकाे नर्भिकले निःशुल्क उपचार गर्ने

काठमाडौँ- थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार पाचन प्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरूलाई फोकस गरी निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ । कात्तिक २७ गते शनिवारका दिन पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरूलाई फोकस गरी निःशुल्क ओपिडी सञ्चालन हुन लागेको हो ।

नर्भिक अस्पतालका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजिज सेन्टरका विभागीय प्रमुख डा.सन्दीपराज कुँवरले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ । यही सेवा अन्तर्गत शनिवार १० देखि १२ बजेसम्म डा. कुँवरले निःशुल्क सेवा दिन लागेका हुन् ।

सर्वसाधारणको निःशुल्क ओपिडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध रहेको नर्भिकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्