×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन गर्दै सरकार

महँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन गर्दै सरकार

काठमाडौं- सरकारले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्ने भएको छ । संघ, प्रदेश, जिल्ला प्रशासन तथा स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

वाणिज्य मन्त्रालयको सभाहलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले इन्धनको मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिन यस्तो निर्णय गरिएको बताए । देशव्यापी बजार अनुगमन गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन र स्थानीय तहलाई पत्राचार गरिसकिएको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस्