×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

सुदूरपश्चिममा बढ्यो भाइरल ज्वरो र रुघाखोकीको समस्या

सुदूरपश्चिममा बढ्यो भाइरल ज्वरो र रुघाखोकीको समस्या


सुदूरपश्चिम - कोभिड-१९ सङ्क्रमणको जोखिमबीच सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा भाइरल ज्वरोको समस्या बढ्न थालेको छ । उच्च ज्वरो आउने, खान मन नलाग्ने, रुघाखोकीको लक्षणका देखिने बिरामी बढ्न थालेको स्वस्थ्यकर्मीले बताएका छन् । कोभिड सङ्क्रमण हुने त्रासबीच देखिन थालेको भाइरल ज्वरोको समस्याले थप सास्ती देखिएको धनगढी उपमहानगरपालिकाका मोहन पाण्डेयले बताए ।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मौसम परिवर्त भइरहँदा ज्वरो र रुघाखोकीको लक्षण भएका बिरामी उपचारार्थ आउने गरेको जानकारी दिए । ‘भाइरल ज्वरो होकी अन्य ब्यक्टिेरियलका बिरामी हुन भन्नेमा एकिन जानकारी हुन सकेको छैन,’ उनले भने, ‘अस्पतालमा दैनिक फाटफुट रुपमा यस्ता बिरामी उपचारार्थ आउने गरेका छ

कैलाली, डोटी, बैतडी र बाजुरालगायत जिल्लाका स्वास्थ्य संस्थामा यस्ता बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । मौसममा आएको परिवर्तन भइरहेको अहिलेको समयमा हरेकले आफ्नो व्यक्तिगत र वातावणरीय सरसफाइमा ध्यान दिन र कोरोना भाइरसको  सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न स्वास्थ्यकर्मीको सल्लाह छ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर असार महिना सुरु भएसँगै घट्दै गएको छ ।स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार गएको हप्तामा नमूना परीक्षण गरिएका नौ हजार ८४५ मध्ये १८४ मा कोभिड ‘पोजेटिभ’ देखिएको छ । यो अवधिमा १६५ सङ्क्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छ ।
गएको २४ घण्टामा २० जना सङ्क्रमित थपिँदा १४ जना डिस्चार्ज भएका छन् ।  प्रदेशमा हालसम्म जम्मा तीन लाख २७ हजार ९४२ को कोरोना भाइरसको नमूना परीक्षण गरिएकोमा ४६ हजार ५८०जनामा सङ्क्रमण देखिएको छ ।
कूल ४५ हजार ९३० सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किएका छन् ।  प्रदेशमा गएको वैशाख र जेठ महिनासम्म यो रोगको सङ्क्रमण र मृत्यु हुने दर उच्च थियो । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले कोरोना भाइरस सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।
कोरोना भाइरस रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी सर्वसाधारणको चहलपहल बढ्दा यो रोगको जोखिम यथावत रहेको हो । 
पछिल्लो महिनामा कोरोना भाइरससँग मिल्ने लक्षण देखिएपनि धेरै सर्वसाधारणले कोरोना भाइरसको नमूना परीक्षण गराउन डराउन थालेका छन् ।  नमूना परीक्षण गराउँदा आउने पोजेटिभ नतिजाले मानसिक तनाब हुने भन्दै धेरै नागरिकले आफ्नो नमूना परीक्षण गराउन नमानेको अहेब भक्तबहादुर विष्ट बताउँछन् ।
‘पोजेटिभ नतिजा आउँने मध्ये कतिपयमा डराउने मानसिकता देखिन्छ’, विष्टले भने, ‘बलियो आत्मबल भएकामा भने यस्तो समस्या देखिँदैन ।’ (रासस)

प्रतिकृया दिनुहोस्