×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्पट फिक्सिङमा क्रिकेटर आदिलले पाए सफाइ

स्पट फिक्सिङमा क्रिकेटर आदिलले पाए सफाइ

काठमाडौं - स्पट फिक्सिङको आरोप लागेका खेलाडी तथा व्यवस्थापक गरी पाँच जनाले  अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिएको  हो। 

गतवर्षको नेपाल टी- २० लिगमा स्पट फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी महबुब आलम, राष्ट्रिय खेलाडी आदिल अन्सारीसहित टिम व्यवस्थापक र टिम मालिक रहेकाहरू नितेश गुप्ता, नवीन कँडेल र रवि माझीविरुद्ध सीआईबीले मुद्दा दायर गरेको थियो ।

गुप्ता, आलम र अन्सारीलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरू अदालतबाट धरौटीमा छुटेका थिए । कँडेल र माझी फरार भएका थिए ।

प्रतिकृया दिनुहोस्