×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

‘सत्यनारायण की कथा’ मोसन पोष्टर सार्वजनिक

‘सत्यनारायण की कथा’ मोसन पोष्टर सार्वजनिक

एजेन्सी । अभिनेता कार्तिक आर्यनले बुधवार आफ्नो आगामी चलचित्र ‘सत्यनारायण की कथा’ घोषणा गरेका छन् । कार्तिकले मोसन टिजर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा आफ्नो म्युजिकल लभ सागा चलचित्रको घोषणा गरेका हुन् ।

टिजरको क्याप्सनमा कार्तिकले लेखेका छन्, “मेरो मनको नजिकको कथा ‘सत्यनारायण की कथा’ । विशेष व्यक्तिको साथमा एक विशेष चलचित्र ।”

पोष्टरमा चलचित्र २०२२ मा चलचित्र घरमा प्रदर्शन हुने बताइएको छ । यस चलचित्रमा कार्तिक आर्यन मुख्य कलाकारका रूपमा देखा पर्नेछन् । चलचित्र राष्ट्रिय पुरस्कार विजेता निर्देशक समीर विदवांसले निर्देशन गर्दै छन् भने साजिद नाडियाडवालाको निर्माण रहने छ ।

प्रतिकृया दिनुहोस्