×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इलाममा अनाथालयकी बालिका बलात्कार आरोपमा अध्यक्ष र सचिव पक्राउ

इलाममा अनाथालयकी बालिका बलात्कार आरोपमा अध्यक्ष र सचिव पक्राउ

काठमाडौं- इलाममा बालिका बलात्कार गरेको आरोपमा एक अनाथालयका अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ। राहसल बाल अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि अध्यक्ष राजेन्द्र चौहान र सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।

राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ। राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ।

प्रतिकृया दिनुहोस्