×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टी-२० विश्वकप : विजेता टोलीलाई साढे ३२ करोड पुरस्कार

टी-२० विश्वकप : विजेता टोलीलाई साढे ३२ करोड पुरस्कार

काठमाडौं - अमेरिका र वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी-२० विश्वकपको नवौं संस्करणको विजेताले २.४५ मिलियन अमेरिकी डलर अर्थात् ३२ करोड ५६ लाख रुपैयाँभन्दा धेरै रकम पुरस्कार पाउने भएको छ ।


उपविजेता टोलीले भने १.२८ मिलियन अर्थात् १७ करोड १ लाख ५५ हजार रुपैयाँभन्दा धेरै प्राप्त गर्नेछ ।


२० टोलीबीच हुने प्रतियोगिताको जम्मा पुरस्कार रकम भने ११.२५ मिलियन अमेरिकी डलर रहेको छ । यसमध्ये सेमिफाइनलबाट हार्ने टोलीलाई ७ लाख ७८ हजार अमेरिकी डलर प्रदान गरिने छ ।

यसवाहेक सुपर ८ समूहबाट बाहिरिने चार वटा टोलीलाई ३ लाख ८२ हजार डलर दिइने बताइएको छ । यससँगै सबै टोलीले फाइनल र सेमिफाइनल बाहेकका खेल जित्दा अतिरिक्त रकम पनि पाउनेछन् ।

यस्तै समूह डी मा रहेको नेपाली टोलीले कम्तीमा २ लाख २५ हजार डलर अर्थात् झण्डै ३ करोड नेपाली रुपैयाँ पाउने पक्कापक्की भएको छ । तर कुनै एउटा खेल जिते थप ४१ लाख नेपाली रुपैयाँको हकदार हुनेछ ।

एक महिनासम्म चल्ने विश्वकप क्रिकेट पुरस्कार राशि,टिम सहभागिता र अवधिका हिसावले सबैभन्दा महंगो र ठूलो पनि सावित हुने देखिएको छ । दुई देशका ९ वटा रंगशालामा विश्वकप खेलाइनेछ ।

प्रतिकृया दिनुहोस्