भरतपुर- चितवन मुटु अस्पतालले विश्व मुटु दिवसको अवसरमा निःशुल्क मुटु परीक्षण गर्ने भएको छ । अस्पतालले असोज १३ गते ओपिडि (बहिरंग) सेवा निःशुल्क गर्ने भएको हो । अस्पताले दिएको जानकारी अनुसार सो अवसरमा ईको÷ईसिजि, युएसजी, एक्सरेमा ५० प्रतिशत छुट दिईएको छ भने प्रयोगशालामा २० प्रतिशत छुट दिईएको छ ।
भरतपुरको दुरसञ्चार रोडमा रहेको अस्पतालले सोही दिन दिउँसो ४ बजे अन्तक्र्रिया कार्यक्रम समेत राखेको छ । लायन्स क्लब अफ चितवन मुटु, नेपाल हार्ट फाउण्डेशन भरतपुर शाखा, नेशनल हार्ट एण्ड लङ्स सोसाइटी चितवनको संयुक्त आयोजनामा हुने अन्तक्र्रिया कार्यक्रममा मुटु रोगको अवस्था, रोग पहिचान, रोकथामका उपाय लगायतका विषयमा छलफल हुने छ । यसैगरी सोही दिन बिहान प्रभातफेरी कार्यक्रमको समेत आयोजना गरिएको छ । बिहान ७ः३० बजे चितवन मुटु अस्पताल परिसरारबाट प्रभातफेरी कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ ।