×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘शेरबहादुर प्रधानाध्यापक भएको भए थर्डलाई फर्स्टब्वाई बनाउने रहेछन्’

‘शेरबहादुर प्रधानाध्यापक भएको भए थर्डलाई फर्स्टब्वाई बनाउने रहेछन्’

काठमाडौँ- यतिबेला नेपाल प्रहरीको महानिरीक्षक (आईजी) बढुवाप्रति सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहँदा कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमार्फत् सो विषयमा व्यङ्ग्यात्मक टिप्पणी दिएका छन्।  

दुईजना सिनियएर अतिरिक्त महानिरीक्षक (एआईजी)लाई पन्छ्याएर जुनिएर एआईजी धीरजप्रताप सिंहलाई आईजी बनाइएकोप्रति विभिन्न दलका नेता/कार्यकर्तादेखि सर्वसाधारणले विरोध जनाइरहेका बेला कलाकार गिरीले पनि त्यसप्रति चासो देखाउँदै आफ्नो धारणा सार्वजनिक गरेका हुन्। अभिनेता एवं निर्मातासमेत रहेका कलाकार दीपकराज गिरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी देशको सुशासन एवं व्यवस्थाप्रति व्यंग गरेका छन्।

गिरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘धन्न शेरबहादुर प्रधानमन्त्री भएछन्! प्रधानाध्यापक भएका भए सिधै थर्ड ब्वाईलाई फर्स्टब्वाई बनाइदिने रहेछन!’

प्रतिकृया दिनुहोस्