×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुर्खेतमा सुख्खा पहिरोमा परेकी महिलाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट उद्दार

सुर्खेतमा सुख्खा पहिरोमा परेकी महिलाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट उद्दार

सुर्खेत-  जिल्लाको पञ्चपुरी नगरपालिकामा पहिरोले पुरिएको महिलाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले पहिरोमा परि अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको पुष्टि गरे ।

यस्तै, पहिरोमा परि घाइते भएकी अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७२ वर्षीय रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।

उद्दारका लागि नेपाली सेना पश्चिम बेसक्यामको हेलिकप्टर मुगुको राराबाट घटनास्थलतर्फ पुगेको थियो । घाइते रती कामीलाई उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिने जनाइएको छ ।

जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका समयमा सुर्खेतको पश्चिमा पर्ने पञ्चपुरी नगरपालिका–७ डौरीखोलानजिक सुख्खा पहिरोमा परेकी हुन् ।

प्रतिकृया दिनुहोस्