काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेलाई यो स्थानिय निर्वाचनमा मत माग्ने नैतिक अधिकार नभएको बताएका छन् । नेपाली कांग्रेस, गोकर्णेश्वर नगरपालिकाले आज आयोजना गरेको चुनाबी सभालाई जोरपाटीमा सम्बोधन गर्दै थापाले उक्त यस्ताे बताएका हुन् ।
माओवादी केन्द्र र अन्य साना कम्युनिस्ट घटकसँग गठबन्धन गरी संघीय निर्वाचनमा झण्डै २ तिहाइको हाराहारीमा बहुमत ल्याएको तत्कालीन नेकपा सरकार एक व्यक्तिको सनकको भरमा ढलेको र पार्टी छिन्नभिन्न भएकोले त्यसकाे नैतिक जिम्मा ओलीले लिनुपर्ने र यो निर्वाचनमा मत माग्न उनीसँग नैतिक धरातल नभएको उनले बताए ।
अहिले ओलीले एमालेको साख बचाउन जोसँग पनि गठबन्धन गर्दै हिँडेको उनको आरोप छ ।