×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एक दशकमा ४८ अर्ब डलरको खेलाडी ट्रान्सफर !

एक दशकमा ४८ अर्ब डलरको खेलाडी ट्रान्सफर !

काठमाडाैँ- करिब एकदशक यता युरोपियन क्लब फुटबलमा खेलाडी ट्रान्सफरमा ४८ अर्ब ५० करोड डलर (५७ खर्ब ३ अर्बभन्दा बढी) को कारोबार भएको जनाइएको छ । सन् २०११ देखि २०२० सम्मको अवधिमा फिफाले गरेको अध्ययनमा क्लबले खेलाडी ट्रान्सफरमा मात्र अर्बौँ रकम खर्चिएको देखिएको हो ।

फिफाले सन् २०१० को अक्टोबरमा खेलाडी ट्रान्सफरको नयाँ नियम ल्याएको थियो । त्यहि नियमअनुसार नै अहिले ट्रान्सफर बजार चलिरहेको छ । फिफाको अध्ययनअनुसार खेलाडी किनबेचमा सबैभन्दा धेरै रकम खर्चने क्बलमा ईङ्लिस क्लबहरू शीर्ष स्थानमा छन् । सरुवा बजारमा सबैभन्दा बढी खर्च गर्ने शीर्ष ३० क्लबमध्येमा १२ वटा ईङ्लिस क्लब छन् ।

पछिल्लो एक दशकमा सबैभन्दा धेरै ब्राजिलका खेलाडीको ट्रान्सफर भएको र उनीहरूमा अरु देशका खेलाडीको तुलनामा निकै रकम खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले १५ हजार १ सय २८ ब्राजिली खेलाडीमा क्लबहरूले ७ अर्ब ७ करोड डलर खर्च गरेका छन् । हालसम्म २० करोड डलरमाथिको रकममा बिक्री हुने खेलाडीको सूचीमा नेयमारमात्र छन् ।  २०१७ मा पेरिस सेन्ट जर्मन (पीएसजी)ले नेइमारलाई बार्सिलोनाबाट २२ करोड २० लाख डलरमा अनुबन्ध गरेको थियो ।

फिफाले सार्वजानिक गरेको ९८ पृष्ठ लामो प्रतिवेदनमा पछिल्लो एक दशकमा एजेन्टको शुल्कमा मात्रै ३ अर्ब ५० करोड डलर खर्च भएको र यो अवधिमा ट्रान्सफर एजेन्टको प्रयोग ६९.१ प्रतिशतले बढेको उल्लेख छ ।

खर्चालु क्लब
ट्रान्सफरमा खर्चालु क्लबको सूचीको शीर्ष स्थानमा म्यानचेस्टर सिटी रहेको छ । उसलाई अर्को ईङ्लिस क्लब चेल्सी, स्पेनिस क्लब बार्सिलोना, फ्रेन्च क्लब पीएसजी र अर्को स्पेनिस क्लब रियाल म्याड्रिडले पछ्याइरहेका छन् ।

अत्यधिक रकम खर्च गर्ने ईङ्लिस क्लबमा ‘बिग सिक्स’सँगै लेस्टर, साउथह्याम्प्टन, वल्भ्स, एभर्टन, वेस्टह्याम र न्यु क्यासल छन् । ईङ्लिस क्लबमध्ये कम खर्चिलो देखिएको साउथह्याम्टन सूचीको २१ औँ स्थानमा छ । जबकी उसको खर्च जर्मन क्लब बोरुसिया डर्टमन्डभन्दा बढी छ ।

प्रतिकृया दिनुहोस्