×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओपोद्वारा ‘नेक्स्ट जेनरेशन अन्डर स्क्रिन क्यामेरा’ प्रविधि सार्वजनिक

ओपोद्वारा ‘नेक्स्ट जेनरेशन अन्डर स्क्रिन क्यामेरा’ प्रविधि सार्वजनिक

स्मार्ट माेबाइल ब्राण्ड ओपोले नेक्स्ट जेनरेशन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ ।

हार्डवेयर नवप्रवर्तन र ओपोको स्वामित्वका एआई अल्गोरिदमको संयुक्त उपयोग गरी निर्मित नयाँ अन्डर स्क्रिन क्यामेरा सोलुसन सावधानीपूर्वक फ्रण्ट फोसिङ क्यामेरालाई स्मार्टफोन डिस्प्लेको मुनि प्रयोग वा स्ट्यान्डबाई दुबै अवस्थामा प्रयाेग गरी पुरै स्क्रिन प्रयाेग गर्न सकिने तरिकाले स्थापित गराएको ओपोले जनाएको छ ।

यसले प्रयोगकर्तालाई स्क्रिनको गुणस्तर र क्यामेराले खिच्ने दृष्यको गुणस्तरमा सटिक सन्तुलन र विना सम्झौता एकरुपता प्रदान गर्ने जनाएको छ ।

नयाँ अन्डर–स्क्रिन क्यामेरा सोलुसनले अन्डर स्क्रिन क्यामेराको, विकासक्रमको सुरुवाती अवस्थादेखि समस्याका रुपमा आइरहेका रुकावटहरुको समाधान गर्न विभिन्न प्राविधिक र उत्पादन सम्बन्धि चुनौतीहरुको विकल्प तथा समाधानहरु उपलब्ध गराएको छ ।

नयाँ सोलुसनले हरेक पिक्सलको साईज, पिक्सेलको संख्यामा कुनै कमी नल्याइकन घटाउन सघाउँछ । यसले गर्दा क्यामेरा अवस्थित क्षेत्रमा समेत ४०० पीपीआई उच्च गुणस्तरीय डिस्प्लेको सुनिश्चितता मिल्ने जनाएकाे छ ।

ओपोले पारम्परिक स्क्रिन वायरिङलाई नयाँ पारदर्शी वायरिङ धातुको प्रयोगमार्फत विस्थापित गरेको छ ।

 

 
 

प्रतिकृया दिनुहोस्