×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सहकर्मीको लिंगको आकारबारे मजाक उडाउने प्रहरी अधिकारी बर्खास्त

सहकर्मीको लिंगको आकारबारे मजाक उडाउने प्रहरी अधिकारी बर्खास्त

एजेन्सी/लन्डन- सहकर्मीको लिंगको आकारलाई लिएर मजाक गर्ने बेलायतका एक प्रहरी अधिकारी बर्खास्तगीमा परेका छन् । आफ्ना एक नयाँ सहकर्मीमाथि यौन दुर्व्यवहार गर्ने विल्टसायर प्रहरी विभागका प्रहरी अधिकृतलाई पाँच दिनको सुनुवाइपछि बिना सूचना बर्खास्त गरिएको हो । 

रिड्ले प्रहरी स्टेसनमै अन्य सहकर्मीका अगाडि पीडितको ट्राउजर खोलेर उनको लिंग छुँदै ‘निकै सानो’ भन्दै खिल्ली उडाएको स्वीकार गरेका छन् । सुनुवाइका क्रममा सो घटनालाई उनले जोकको संज्ञा दिएका थिए ।

उक्त घटना सन् २०२१ को नोभेम्बरमा डिभाइज प्रहरी चौकीमा भएको थियो । त्यतिबेला पीडित प्रहरी सेवामा भर्खरै भर्ना भएका थिए । अदालतले रिड्सलाई आफ्नो सबै कर्तव्यबाट हटाएको थियो । अदालतले रिड्सलाई बेलायतको कुनै पनि प्रहरी सेवामा काम गर्न अनुमति नदिएको जनाइएको छ । 

 

 

प्रतिकृया दिनुहोस्