×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

प्रभु बैंकले कान्तिपुर डेन्टल हस्पिटललाई आर्थिक सहयोग गर्ने

प्रभु बैंकले कान्तिपुर डेन्टल हस्पिटललाई आर्थिक सहयोग गर्ने

प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

एक समारोहका बीच प्रभु बैंकको बबरमहस्थित केन्द्रीय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले प्रभु बैंकले आर्थिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकबाट उपलब्ध गराइएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एन्ड डेन्टल अस्पतालमा अत्यधुनिक स्वास्थ्य सामग्रीहरू खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाइ भोगिरहेका आर्थिक रुपमा विपन्न बिरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ ।

यसबाट कान्तिपुर जनरल एन्ड डेन्टल अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले अत्यधुनिक स्वास्थ्य सामग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

 
 

प्रतिकृया दिनुहोस्