×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अमेरिकाले फेरि भन्यो–युक्रेनको सीमाबाट रुसी सेना हटेको दाबी झुट

अमेरिकाले फेरि भन्यो–युक्रेनको सीमाबाट रुसी सेना हटेको दाबी झुट

युक्रेनसँगको सिमानाबाट आफ्ना सेनाहरू हटाउँदै गरेको रुसी दाबी ‘झूटो’ भएको अमेरिकी  एक वरिष्ठ अधिकारीले बताएका छन् । पछिल्ला दिनमा थप ७ हजार रुसी सेना सीमामा थपिएकोसमेत उनले दाबी गरेका छन् ।  

युक्रेनमा कुनै पनि बेला अतिक्रमण गर्न रुसले ‘झुट’ बहाना गर्न सक्ने ती अधिकारीले बताएको बीबीसीले जनाएको छ । पत्रकारहरुसँग कुराकानी गर्दै ती अधिकारीले  ‘युक्रेनसँगको सीमाबाट रुसी सेना फर्किएको’ भन्ने रुसी दाबीमाथि शंका गरे ।

त्यो दावीको लागि उनीहरुले संसारभरको ध्यानकर्षण गरेका थिए । हामीलाई थाहा छ की  त्यो गलत हो’, उनले भने ।

प्रतिकृया दिनुहोस्