मनसुनी वायुको प्रभावले देशभर वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकासहित प्रदेश नम्बर-१ र प्रदेश नम्बर-२ का केही स्थानहरुमा वर्षा भइरहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ । यसै गरी सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।