×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन् : ओली

माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन् : ओली

रौतहट- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को नभाँचेको टिप्पणी गरेका छन् । रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले जिल्लाको विकासका केही नगरेको ओलीले आरोप लगाएका हुन् ।

रौतहटको गौरमा भएको पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा सिन्को पनि भाँचेनन् ।’

बरु प्रभु साह, रघुवीर महासेठले रौतहटमा मात्र नभई तराई मधेस क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको ओलीको दाबी छ । ‘म प्रधानमन्त्री हुँदा तरार्इका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेँ,’ उनले भने, ‘हुलाकी राजमार्ग भन्नुहोस्, कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन् ।’

 

प्रतिकृया दिनुहोस्