×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ- सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र आज सार्वजनिक गर्न लागेको हो । 

घोषणापत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ । घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । त्यस्तै, घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कामलगायतलाई समेत समेटिएको छ ।

प्रतिकृया दिनुहोस्