काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कारको मुद्दा खारेज भएको छ । अमेरिकी न्यायाधिस जेनिफर डोर्सीको इजालसले रोनाल्डोमाथि लगाइएको मुद्दा खारेज गरेको हो ।
अमेरिकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा लस भेगासमा रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाउँदै सन् २०१८ मा उनीविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।
तर, मायोर्गाको वकिलले चुहावट र चोरीको रेकर्डको भरमा मुद्दा दर्ता गरिएको भन्दै त्यसलाई खारेज गरिएको हो । रोनाल्डोले भने बलात्कारको आरोप नकार्दै आइरहेका थिए । यस्तै, बलात्कार मुद्दामा मायोर्गाले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको र ती आरोप सार्वजनिक नगरिने शर्तमा करिब पौने चार लाख डलर लिएको रिपोर्टसमेत बाहिर आएको थियो । एजेन्सी